Thursday, October 24, 2013

दुध उमाल्दा पोखिन्ंछ तर पानी उमाल्दा किन पोखिन्न?

दुधमा बोसोका साना कणहरु तथा केसिन नामक पदार्थहरु घोलिएर रहेका हुंछन।
जब दुध तताइंछ, तब यी पदार्थहरु दुधसंगै छुट्टिन थाल्छन र दुधलाई ढाकिने
गरी मसिनो पत्रको निर्माण गर्दछन। अनि ताप बढदै जांदा दुधमा भएको पानी
बाफ़मा परिणत भई हावामा उडेर जाने क्रममा यो पत्रको कारणले दुध पोखिन्ंछ।
तर, पानी उमाल्दा त्यसमा कुनै पनि पत्रको निर्माण नहुंदा पानी उम्लिदा
पोखिन्न।

नेपाली साहित्यमा सर्वाधिक सार्बोत्क्रिष्ट मानिएका दस पुस्तकहरु

पुस्तक - रचनाकार

1] मोहन कोइरालाका कविताहरु- मोहन कोइराला

2] नासो (कथा संग्रह) - गुरुप्रसाद मैनाली

3] घामका पाइलाहरु (उपन्यास) - ध्रुव चंद्र गौतम

4] मैले देखेको नेपाल (यात्रा) - हर्क गुरुङ

5] तरुण तपसी (क़ाव्य) - लेखनाथ पौड्याल

6] आमाको सपना (कविता) - गोपालप्रसाद रिमाल

7] चपाइएका अनुहार (उपन्यास) - दौलतविक़्र्म विष्ट

8] नरेंद्र दाई (उपन्यास) - विश्वेश्वरप्रसाद कोइराला

9] मुनामदन (काव्य) - लक्ष्मीप्रसाद देवकोटा

10] वेलायततिर बरालिंदा (यात्रा) - तारानाथ शर्मा

रामशाहलाई किन समाजवादी राजा भनिन्ंछ?

वि.स. 1663-1690 सम्म गोरखाको शासन सम्हालेका वीर, साहसी,
कुटनीतीग्य र सुधारवादी राजा राम शाहले गरेका थुप्रै कार्यहरुमध्ये
निम्नलिखित प्रमुख सुधारका कारण उनलाई सुधारवादी राजा भन्ने गरिन्ंछ:

- निष्पक्ष न्यायको प्रबंध मिलाएकाले 'न्याय नपाए गोरखा जानु' भन्ने उक्ति चल्यो।

- अपराध गर्नेलाई मात्र सजाय हुनुपर्ने चलन चलाए।
- बाटोघाटोको वरपर रुख रोप्न लगाए, पंधेरो, कोल र कुलोसंबंधी नियम लगाए|

- पंचभलादमी बसि विवाद मिलाउने चलन चलाए र यसको लागि पंच चौतारी को
निर्माण समेत गरे।

नापतौलको निश्चित विधी बसाल्नुका साथै नगदमा सैकडा 10% ब्याज तय गरे।